भीआईपी जुवाडेलाई हाजिरी जमानीमा छाडियो

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०७७, १८ : ४६
भीआईपी जुवाडेलाई हाजिरी जमानीमा छाडियो

काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेसनमा पक्राउ परेका ९ जना व्यक्तिलाई प्रहरीले छाडेको छ । कोरोना भाइरसको कारण देखाउँदै प्रहरीले उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।

कानुनतः अनुसन्धान अधिकृतले मनासिब लागे जिल्ला सरकारी वकिल कार्यालयको राय लिएर अभियुक्तलाई हाजिरी जमानीमा छाड्न मिल्ने व्यवस्था छ । त्यही अधिकारको प्रयोग गर्दै भीआईपी जुवाडेलाई छाडिएको हो । दरबारमार्ग प्रहरीका प्रमुख डीएसपी रञ्जन दाहालले लकडाउनका कारण हाजिरी जमानीमा छाडिएको बताए ।

प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये जोगाइ होटलका सञ्चालक हुन् । उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो । 

प्रतिक्रिया दिनुहोस