काठमाडौँ । होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उच्च व्यापारिक घरानाका ९ जनालाई नगद र क्वाईन सहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौँको कमलादीस्थित एक होटेलमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु बैंक सन्चालक देखि नाम चलेका व्यापारिक प्रतिष्ठानका संचालकहरु समेत छन् । प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको हो ।
पक्राउ गरेका रामचन्द्र संघाई एनआईसी एसिया बैंकका सञ्चालकसँगै सांघाई गु्रपका संचालक हुन् । अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक पनि हुन । उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र क्वाइनहरु प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार जुवाडेहरु क्वाइन र चिप्सहरु प्रयोग गरेर जुवा खेल्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०७७, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
जुवाको खालबाट ११ जना पक्राउ
जुवा खेलाएको आरोपमा एक युवक पक्राउ