काठमाडौँ । निरन्तरको लकडाउनले निम्नवर्ग त समस्यामा थियो नै अब मध्यमवर्गले पनि जीवन धान्न नसक्ने अवस्था भइसकेको छ । सरकारले भने यथास्थितिमा निरन्तर लकडाउन थपिरहेको छ । विज्ञहरूले यसको ढाँचा फेर्न सुझाव दिइरहे पनि सरकारले सुनेको छैन ।
क्वारेन्टाइन भद्रगोल छन्, त्यहीं कोभिड–१९ संक्रमणको जोखिम उच्च देखिएको छ ।
लकडाउन कहिलेसम्म हुन्छ ?
मन्त्रिपरिषद्ले जेठ मसान्तसम्मलाई थपेको छ । तर योबीचमा उच्चस्तरीय समन्वय समितिलाई लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न भनिएको छ । विज्ञहरू, संक्रमण रोगसँग सम्बन्धित चिकित्सकहरूको रायसल्लाह लिएर अन्तर्राष्ट्रिय अनुभवलाई ध्यान दिँदै समितिले छिट्टै एउटा मोडालिटी बनाउनेछ ।
३२ गतेअघि नै मोडालिटी फेरिन्छ ?
३२ गतेअघि नै मोडालिटी बन्छ र मन्त्रिपरिषद्मा प्रस्तुत गरिन्छ । सीसीएमसीले पनि गृहकार्य गरिरहेको छ । सीसीएमसीले रेडजोन, ग्रिन जोन र एल्लो जोन छुट्याएको छ । त्यो होमवर्क पनि संक्रमणको अवस्था के छ भनेर हेर्ने एउटा आधार हो । संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता आदि हेरेर लकडाउनको मोडालिटी ठाउँ विशेषअनुसार परिवर्तन हुन्छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० जेठ २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई