बन्नेभो भरतपुर बिमानस्थल प्रदेश स्तरको

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०७७, २० : ०९
बन्नेभो भरतपुर बिमानस्थल प्रदेश स्तरको

नारायण अधिकारी 
चितवन । तराईको लुक्ला भनेर चिनिएको जोखिमपूर्ण भरतपुर बिमानस्थल बिस्तार गरि प्रदेश स्तरको बनाईने भएको छ । संगै रहेको नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरि बिमानस्थल बिस्तार गरेर ठूला जहाज समेत अवतरण गर्न मिल्ने वनाउन लागिएको हो । 

यही जेठ १५ गते जारी गरेको आगामी बर्षको वजेटमा भरतपुर बिमानस्थलाई प्रदेश स्तरीय वनाउने भनिएको छ । बिमानस्थलको धावन मार्ग छोटो हुँदा र अतिक्रमण वढेपछि जहाज उडान र अवतरण निकै जोखिम पूर्ण बन्दै गएको छ । 

बिमानस्थल जोखिमपूर्ण भए पछि भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्रत्री पुष्पकमल दाहाल “प्रचण्ड” र संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रीकै उपस्थितिमा सरोकारवालाहरुको छलफल समेत गरिएको थियो । नेपाल नागरीक  उड्यन प्राधिकरण भरतपुरका प्रमुख पवन कुमार गौतमका अनुसार महानगर प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एबं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल लगाएतको निरन्तरको प्रयास र संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्री योगेश भट्टराईको चाहना अनुसार बिमानस्थल बिस्तार हुने भएको हो । उहाँका अनुसार अध्यक्ष दाहालले अर्थमन्त्रीलाई आँफैले यस विषयमा जानकारी गराउनु भएको थियो । यसै जिल्लाबाट निर्बाचित दाहालले बिमानस्थल जोखिमपूर्ण भए पछि बिस्तार गर्नुपर्ने भन्दै पहल थाल्नु भएको थियो । 

भरतपुर महानगरपालिकाले सेनाको गण र घोडा प्रजनन् केन्द्रका लागि बैकल्पीक स्थान दिईसकेको छ । नेपाली सेनाले चाहेको ठाउँ दिन महानगर तयार छ । महानगर प्रमुख रेनु दाहालका अनुसार पूर्ब पर्यटन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारी पनि बिमानस्थल बिस्तारमा सकारातमक हुनुहुन्थ्यो । त्यति वेलै देखि महानगरले निरन्तर रुपमा बिमानस्थल बिस्तारको पहलमा लागि रहेको थियो । पछि मन्त्री भट्टराई उत्तीकै सकारात्मक देखिए संगै काम अघि वढेको दाहालको भनाईछ । 

महानगरले सनोलाई चारवटा ठाउँ बिकल्पको रुपमा दिएको छ । ठाउँको बिस्तृत बिबरण समेत मन्त्रालयमा पठाई सकीएको छ । भट्टराईले महानगरमा छलफल पछि मन्त्रालमा भरतपुर बिमानस्थल बिस्तार सम्बन्धमा आध्ययन गर्न सहसचिब वुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यिय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलको प्रतिवेदनमा छलफल भईसकेको दाहालले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो “सरोकारवाला सबै सकारात्मक भएपछि बिमानस्थल बिस्तारको काम अघि वढेको छ ।” महानगरको पहलले सार्थकता पाएको भन्दै यो बिमानस्थल प्रदेशस्तरको हुँदा छिमेकी जिल्लाबासी पनि लाभान्वीत हुने उहाँले बताउनुभयो । दाहालाका अनुसार पर्यटन मन्त्रालय संगै रक्षा मन्त्रालय सकारात्मक भएकै कारण यो उपलव्धि हाँसील भएको हो । भरतपुर बिमानस्थलबाट १ सय ५०किलो मिटर हाराहारीमा काठमाडौं , पोखरा, भैरहवा र निजगढ बिमानस्थल पर्दछ  ।  
भरतपुर बिमानस्थल प्रमुख गौतम यहाँ आए देखिनै बिमानस्थल बिस्तारको पहलमा हुनुहुन्छ । गौतमका अनुसार बिमानस्थल बिस्तार संगै श्री एयर लायन्सको ८० सिटे जहाज, बुद्ध र यतीको एटिआर ७२, श्री कै सि आर जे ५० र ७० सिटे जहाज अवतरण गर्न सकिने छ । 

यसैगरी नेपाल एयरलायन्सको ६० सिटे जहाज एमए ६० पनि उडान गर्न सकीने उहाँले बताउनुभयो । हाल भरतपुर बिमानस्थल ६२ विगाहमा छ । बिस्तार गर्दा ७२ बिगाह थप हुन्छ । गौतमका अनुसार यसले हालको १ हजार २ सय मिटर लामो धावनमार्गमा ४ सय ५० मिटर थप गर्नसकने छ । 

बिस्तार संगै रात्रिकालिन उडान, जहाज राख्ने र तेल भर्ने व्यवस्था यहि हुनेछ । भौतिक संरचना निर्माण गरेर आकर्षक बिमानस्थल बन्ने उहाँको भनाई छ । टर्मीनल भवन छुट्टै वन्ने छ । 
पर्यटन मन्त्री भट्टराईले यहींबाट माउन्टेन सहितका बिभिन्न जिल्लामा उडान गर्न सक्ने गरि बिमानस्थल बिस्तार गर्ने जनाउँदै आउनु भएको छ । हाल यहाँबाट दिनको समयमा मात्र काठमाडौं, पोखरा, उडान हुँदै आएको छ । धावनमार्ग बिस्तार गर्दै गर्दा अतिक्रमण गरि मापदण्ड मिचेर वनाईएका संचना भत्काएर व्यवस्थित गर्नुपर्ने प्रमुख गौतमको भनाई छ । धावनमार्ग थप्दै लाने र मापदण्ड मिच्दै गएमा प्रभावकारी नहुने उहाँले बताउनुभयो । 

हाल नेपालमा प्रदेश स्तरका नेपालगञ्ज, बिराटनगर, पोखरा र भौरहवा बिमानस्थल छन् । त्यही स्तरको बिमानस्थल भरतपुरमा निर्माण गर्न लागिएको हो । यस बिमानस्थल हुँदै बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्ला, नवलपरासी, तनहुँ लगाएतलाई सेवादिदै आएको छ । साना जहाज मात्र उड्ने भएकाले भाडा वढि तिर्न यात्रु वाध्य छन् । 
बिमानस्थल बिस्तार भए संगै ठूला जहाजको भाडादर कम हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस