संसदमा चर्काचर्की : राष्ट्रपति र प्रधानमन्त्रीको तलब काट्नुपर्दैन ?

सोमबार, १९ जेठ २०७७, १६ : ४८
संसदमा चर्काचर्की : राष्ट्रपति र प्रधानमन्त्रीको तलब काट्नुपर्दैन ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको तलबको विषयमा चर्काचर्की भएको छ । नेपाली काँग्रेसकी सांसद डिला संग्रौला पन्तले राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब कटौती गर्न माग गरिन् ।

उनले प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि बोल्दै सांसद संग्रौलाले कर्मचारीको भत्ता काटिने तर राष्ट्रपति, प्रधानमन्त्री तलब नकाट्ने भन्दै प्रश्न गरेकी थिइन् । 

बजेटमा मितब्ययितता गरेको भन्दै भत्ता कटौती गरिएको छ । तर यो मुलुकको प्रधानमन्त्री, राष्ट्रपति, प्रमुख ब्यक्तिको भत्ता कतौटी गर्नु पर्छ कि पर्दैन ? उनले प्रश्न गरिन् । 

अर्थमन्त्रीले विनियोजन गरेको बजेटको शीर्षक हेर्दा अपारदर्शी, असन्तुलित, परम्परागत र संघीयता विपरित रहेको उनले बताइन् । कोरोना पछि पनि नेपाल छ भनेर आशा जगाउने विषयमा बजेटमा नआएको उनले बताइन् । 

उनले कोरोनाको संक्रमण बढिरहेका बेला सरकारले पिसिआर परिक्षणलाई ब्यापक बनाउनुपर्नेमा आरडिटीलाई प्राथमिकता दिनु अनियमितता गर्नलाई हो भन्दै प्रश्न गरिन् । 

प्रतिक्रिया दिनुहोस