एजेन्सी । आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ । समाचार एजेन्सीरोयटर्सले यसबारे जानकारी दिएको हो ।
प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले बताएको छ । घटना मिनियापोलिस अन्तर्गत राजमार्ग ३५ वेस्टवाउन्डको हो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले ट्याङकर चलाउने ती ड्राइभरलाई पछि प्रदर्शनकारीले निकालेर कुटपिट गरेको जानकारी दिएको छ । पछि उनलाई मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएको छ । रोयटर्समा प्रकाशित एउटा फोटोमा उनलाई सर्ट बिना प्रहरी नजिकै अनुहार लुकाएको अवस्थामा देख्न सकिन्छ ।
‘आई–३५ डब्ल्यूमा ट्रक ड्राइभरले शन्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेकामाथि गरेको उक्त हर्कत निन्दनीय छ ,’ मिनियापोलिस डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीले ट्वीटरमा भन्यो । ‘ट्रक चालक घाइते छन् र उनलाई अस्पताल पुर्याइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । ट्रकले कसैलाई पनि चोट भने पुर्याएको छैन ।’
प्रदर्शनकारी प्रहरी हिरासतमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
मिनियापोलिससमेत अमेरिकामा विभिन्न शहरमा केही दिनदेखि फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । केही स्थानमा प्रदर्शनले हिंसात्मक रुपसमेत लिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ जेठ २०७७, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज