एजेन्सी । आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ । समाचार एजेन्सीरोयटर्सले यसबारे जानकारी दिएको हो ।
प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले बताएको छ । घटना मिनियापोलिस अन्तर्गत राजमार्ग ३५ वेस्टवाउन्डको हो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले ट्याङकर चलाउने ती ड्राइभरलाई पछि प्रदर्शनकारीले निकालेर कुटपिट गरेको जानकारी दिएको छ । पछि उनलाई मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएको छ । रोयटर्समा प्रकाशित एउटा फोटोमा उनलाई सर्ट बिना प्रहरी नजिकै अनुहार लुकाएको अवस्थामा देख्न सकिन्छ ।
‘आई–३५ डब्ल्यूमा ट्रक ड्राइभरले शन्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेकामाथि गरेको उक्त हर्कत निन्दनीय छ ,’ मिनियापोलिस डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीले ट्वीटरमा भन्यो । ‘ट्रक चालक घाइते छन् र उनलाई अस्पताल पुर्याइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । ट्रकले कसैलाई पनि चोट भने पुर्याएको छैन ।’
प्रदर्शनकारी प्रहरी हिरासतमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
मिनियापोलिससमेत अमेरिकामा विभिन्न शहरमा केही दिनदेखि फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । केही स्थानमा प्रदर्शनले हिंसात्मक रुपसमेत लिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ जेठ २०७७, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य