काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य रामसमझ चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । चौधरीको आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ५५ वर्षको उमरेमा निधन भएको थियो ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत चौधरीको असामयिक निधनले दुःखित बनाएको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ जेठ २०७७, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा