आज दिनभरिको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, १० : १३
आज दिनभरिको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसम सामान्यत बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको औंल्याएको छ ।

अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भएको छ।  पश्चिमी वायुको आंशिक प्रभाव र पूर्वी भू–भाग नजिकै बनेको निम्न चापीय रेखाको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै हाल स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पूर्वका केही स्थानसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिम पहाडमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने छ ।

प्रतिक्रिया दिनुहोस