गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष पेस गरेका हुन् ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण तथा सम्वद्र्धन र सशक्तिकरणका लागि आयोग गठन भएको बताए। नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता राज्यले स्थापना गरेका विभिन्न आयोगको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
प्रतिवेदनमा उल्लेख गरिएका विषय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेश सभामा छलफलका लागि पेस गरिने प्रदेश प्रमुख भट्टले बताए। आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टसमक्ष जानकारी गराए।
मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको भन्दै उनले पर्याप्त स्रोतसाधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस