काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एवं मृत्यु दर छिमेकी मुलुक भारतमा पनि तिब्र बनेको छ । भारत अहिले विश्वमा कोरोना संक्रमणको उच्च दर भएको देशहरुको नवौं सूचीमा परेको छ ।
वितेको २४ घंटामा (शुक्रबार) मात्रै भारतमा कोरोना संक्रमण र मृत्युको नयाँ रेकर्ड बनेको छ । हिजो भारतमा एकै दिन ८ हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वर्ल्डओमिटरका अनुसार भारतमा एकै दिन ८ हजार १ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको संख्या लगातार बढ्दै गर्दा भारत सबैभन्दा धेरै सङ्क्रमित हुने देशको नवौंं स्थानमा उक्लिएको हो ।
भारतमा अहिलेसम्म एक लाख ७३ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, ८२ हजार ६ सय २७ जना उपचार पछि निको भएका छन् । त्यहाँ अहिलेसम्म झण्डै ५ हजार भन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चीनको भन्दा पनि भारतमा बढी हुन पुगेको छ । चीनमा अहिलेसम्म ४ हजार ६ सय३४ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०७७, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु