काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक क्याम्पस थप गरिनेभएको छ । सरकारले विश्वविद्यालयका पदाधिकारीकै सहमतिमा यस पटक आङ्गिक क्याम्पस थप गर्ने योजना बनाएको हो ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने कार्यक्रम घोषणा गरेपछि त्रिविका आङ्गिक क्याम्पसमा थप हुने भएको छ । ती दुई प्रदेशका कृषि, विज्ञान इन्जिनियरङ विषयको पठनपाठन हुने क्याम्पसलाई आङ्गिक बनाउने सरकारी योजना छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयको पूर्वाधार दक्षता, उच्च शिक्षाको लामो अनुभव र जनशक्ति भएका कारण सरकारले यस पटकको कार्यक्रममार्फत थप जिम्मेवारी दिएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १७ जेठ २०७७, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो