सिन्धुली । घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा खसेर सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रोतला ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा घरको छतबाट खसेर गम्भीर घाइते भएका वासुलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ जेठ २०७७, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु