एजेन्सी । छिमेकी मुलुक चीनमा पहिलोपटक देखा परेको कोरोना भाइरसको संक्रमण अर्को छिमेकी मुलुक भारतमा तीब्र गतिमा उकालो चढिरहेको छ । भारतमा गएको २४ घण्टामा एक सय ७० जनाको मृत्यु भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ७० जनाको मृत्यु भएको छ भने ६ हजार ३ सय ८७ जना संक्रमित थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म १ लाख ५१ हजार ७ सय ६७ जना कोरोना संक्रमित भएका छन् । उनीहरुमध्ये ८३ हजारभन्दा धेरै संक्रमित अहिले अस्पतालमा उपचाररत छन् ।
भारतका विभिन्न ठाउँबाट ६४ हजारभन्दा केही बढी व्यक्ति उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । भारतको स्वास्थ्य सेवा विभागले अहिलेसम्म देशभर ४ हजार ३ सय ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको छ ।
भारतमा कोरोना संक्रमित र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि नेपालमा खतराको घण्टी बजेको छ । पछिल्ला दिनहरुमा भारतबाट स्वदेश फर्केका नेपालीहरुको संख्या दैनिक पाँच हजारभन्दा बढी भएपछि नेपालमा खतराको घण्टी बजेको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ जेठ २०७७, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै