तीन जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, १२ : ३२
तीन जना मृत अवस्थामा फेला

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-७ बर्देउटार डेरा गरी बस्ने सोही नगरपालिका-२ घर भएका २० वर्षीय कृष्ण बिक आफ्नो डेरा कोठाबाट करिब १ किलोमिटर टाढा बाटोमा मंगलबार दिउँसो  मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी स्याङजाको चापाकोट नगरपालिका-५ फेरे बस्ने३० वर्षीया शुक्लामाया विकआफ्नै घर देखि करिब ५ सय मिटर टाढा कच्चि बाटोमा बुधबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । 

नवलपरासी(पश्चिम) को प्रतापपुर गाउँपालिका-९ बेलाटारी बस्ने ३७ वर्षीय धर्मराज मुखिया पनि आफ्नै घरको कोठाभित्र मंगलबार राति मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले मृतकको श्रीमतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस