Safal Khabar - नेपालमा ३ जनामा मृत्युपछि कोरोनाभाइरस पुष्टि
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
नेपालमा ३ जनामा मृत्युपछि कोरोनाभाइरस पुष्टि
मङ्गलबार, १३ जेठ २०७७, ०८ : १०
नेपालमा ३ जनामा मृत्युपछि कोरोनाभाइरस पुष्टि

काठमाडौं । बाराका ७० वर्षीय एक वृद्धमा दाहसंस्कार गरेको ८ दिनपछि मात्रै सोमबार कोरोना संक्रमण पुष्टि भयो । वीरगन्जको नेशनल मेडिकल कलेजको आईसीयूमा उपचारको क्रममा उनको जेठ ४ मा मृत्यु भएको थियो ।

उनको त्यही दिन नै दाहसंस्कार गरिएको थियो । यसैगरी बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको पनि मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृत्यपुछि कोरोना पुष्टि हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९  वर्षीया सुत्केरी पनि हुन् । उनको मृत्यु भएको तेस्रो दिनमामात्रै कोरोना पुष्टि भएको थियो, यो खबर कान्तिपुर दैनिकमा छ । गुल्मीका एक शिक्षकको पनि कोरोना पुष्टि भएपछि मृत्यु भएको थियो ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस