Safal Khabar - लिपुलेक हाम्रै हो, जनगणना गर्ने मै हुँ : भैरव रिसाल
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
लिपुलेक हाम्रै हो, जनगणना गर्ने मै हुँ : भैरव रिसाल
सोमबार, १२ जेठ २०७७, १६ : ३०
लिपुलेक हाम्रै हो, जनगणना गर्ने मै हुँ : भैरव रिसाल

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालले दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने विवादित लिपु लेकको जनगणना आफूले गरेको बताएका छन् ।

विसं  २०१८ सालमा उनले तथ्यांक विभागको अधिकृत भएका बेला लिपुलेकको जनगणना गरेका हुन् । जुन भूमीलाई अहिले भारतले आफ्नो नयाँ नक्सामा समेटेको छ । लामो समय देखि भारतले लिपु लेक आफ्नो भएको दाबी गर्दै आएको थियो । पत्रकारिता गरिरहेका भैरवलाई सरकारी सेवामा प्रवेश गर्ने रहर थियो । त्यही समय सरकारले तथ्यांक संकलनका लागि अधिकृत माग्यो । “सरकारले विसं ०१८ मा जनसंख्या र कृषिको तथ्यांक संकलनका लागि अफिसर माग्यो । तर, त्यो २६ महिनाका लागि म्यादी अफिसर थियो ।

म्यादी भएपनि २ वर्षको जागिर हो भनेर मैले आवेदन दिएँ,,” उनले भने, ‘नभन्दै एकातिर पत्रकारिता गरिसकेका चल्तापुर्जो थिएँ, अर्कोतर्फ अन्तर्वार्ता लिनेमा राष्ट्रिय योजना आयोगका प्रमुख आर्थिक सल्लाहकार डा यादवप्रसाद पन्त र डा पुस्करनाथ पन्थ रहेछन् । उनीहरुसँग मेरो राम्रो सम्बन्ध थियो । यी दुवै कारणले पनि म छनोट भएँ ।” 

Yeti Diistillery

भैरवका अनुसार अफिसरमा छनोट भएपछि २६ जना मध्ये को सुदुरपश्चिम जाने भन्नेमा विवाद भयो । भारतको बाटो हुँदै सुदुरपश्चिम पुग्नु पर्ने र विकट क्षेत्र भएकाले कोही पनि जान मानेन् । तर तात्कालीन राजा महेन्द्रसँग त्यसअगाडि नै

सुदुरपश्चिम गइसकेका उनले आफू जाने इच्छा व्यक्त गरे । भैरव विसं २०१७ साल चैतमा श्रीमतीसहित ९ जना खरदारको टोली लिएर भैरब त्यसतर्फ गएका थिए । वीरगन्ज पुगेर रक्सौलबाट भातरीय रेल चढेर धनगढीको गौरीफन्डा नाकामा उत्रिए । काठमाडौंबाटै जनगणनाका लागि आवश्यक नेपाली कागज बोकाएर लगेको उनलाई सम्झना छ ।

२०१८ साल असार ८ गते विहानसम्म जन्मिएका व्यक्तिको गणना गर्नुथियो । उनले दार्चुला र बजाङ जिल्ला त्यो बेला अलग जिल्ला थिएनन् । ‘त्यो बेला नेपालमा जम्मा ३५ जिल्ला मात्रै थिए । दार्चुला बैतडी जिल्लामा पथ्र्यो भने बझाङ डोटी जिल्लामा पथ्र्यो । डोटी–डडेलधुरा–बैतडी हुँदै सीमाना झुलाघाट पुगे । हिन्दुस्तानको पिथरागड पुगे । नेपालको भारतको धार्चुला हुँदै दार्चुला आए । उनलाई मुखिया र गणक भर्ना गर्ने अधिकार सरकारले दिएको थियो ।

आवश्यक मुखिया र गणक भर्ना गरे । “सिङ्गो महाकाली पारीको जनगणना उनले गराए । “त्यो बेला लिम्पियाधुरा विवादित क्षेत्रमा नावी, गज्र्याङ, गोविजी लगायतका विभिन्न नाम छन् ती सवै क्षेत्रको जनगणना मैले गराएको हुँ,” उनले सम्झिए, “गर्मी महिना भएकाले वर्खामा त्यहाँ मान्छे बस्थे हिउँदमा हिउँ पर्ने भएकाले बेसीमा झर्थे त्यहाँका मान्छे ।
‘मैले मुखिया र गणकलाई लिएर त्यहाँको जनगणना गराएको हुँ त्यसैले अहिले पनि भन्छु, लिपुलेक निर्विवाद हाम्रै हो । लिम्पियाधुरा क्षेत्रभित्रै पर्छ भनेर म दाबी गर्छु, किन भने ०१८ सालमा त्यहाँको जनगणना मैंले गराएको हुँ । म अझै ज्युँदै छु ।’ उनले भने । 
 

प्रतिक्रिया दिनुहोस