Safal Khabar - कोरोना संक्रमितको सूचीमा भारत १० स्थानमा
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
कोरोना संक्रमितको सूचीमा भारत १० स्थानमा
सोमबार, १२ जेठ २०७७, १६ : ०४
कोरोना संक्रमितको सूचीमा भारत १० स्थानमा

एजेन्सी । भारत कोरोना संक्रमित बढी हुने देशमध्ये १० स्थानमा परेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १०औं स्थानमा रहेको हो ।

भारतमा बिगत २४ घण्टामा ६ हजार ९ सय ९९ नयाँ संक्रमित भेटिएका छन् भने १ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४ हजार २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय बढी पुगेको छ ।
यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा पनि सबैभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित छन् । त्यहाँ ५० हजार २ सय ३१ कोरोना भाइरस संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन् । नयाँ दिल्लीमा मात्रै १३ हजार ४ सय १८ जना कोरोना संक्रमित रहेका छन् ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस