पाटा एसिया सम्मेलनमा नेपालको सहभागिता

शनिबार, १२ फागुन २०७४, ११ : ३०
पाटा एसिया सम्मेलनमा नेपालको सहभागिता

युएई । प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन (पाटा) को युएईमा भएको एड्भेन्चर एन्ड रेस्पोन्सिबल टुरिजम सम्मेलनमा नेपालको तर्फबाट नेपाल एयरलाइन्स (नेवानी) र टुरिजम बोर्ड (एनटिबी) सहित एड्भेन्चर टुरिजम सम्बद्द ट्राभल एजेन्सीहरुले सहभागिता जनाएका छन ।

नेपाल लगाएत अन्य एसियाली मुलुकमा एड्भेन्चर तथा लग्जरी पर्यटन प्रबर्द्धन तथा बिकास गर्ने उदेश्यले गरिएको उक्त सम्मेलनमा नेपाल एयरलाइन्स र टुरिजम बोर्ड लगाएत होटल सोल्टी क्राउन प्लाजा, हिमालयन ट्रेक, कैलास ट्रेक एन्ड होटल गरि एक दर्जन नेपाली ब्याबसायी कम्पनीहरुले सहभागिता जनाएका हुन् ।

उक्त सम्मेलनमा एसियाली मुलुक भारत, चीन, थाइल्यान्ड, भुटान,जापान,मलेसिया,  हङकङ, अमेरिका, रुस लगाएत एसिया प्रशन्त क्षत्रका बीस भन्दा धेरै देशहरुको टुरिजम ब्याबसायीहरुको सहभागिता रहेको थियो ।

आबुधावी टुरिजम बोर्डको आयोजनामा गत बुधबार देखि शुरु भएको उक्त सम्मेलनमा सहभागीलेहरुले आ आफ्नो देशका पर्यटकीय स्थान, ऐतिहासिक तथा धार्मिक पुरातत्त्व, भेषभुषा प्रर्दशनीमा राखेका थिए। भने अन्य मुलुकका पर्यटकहरुलाई  आफ्नो देशको बारेमा जानकारी गराएका थिए ।

सम्मेलनमा आबुधावी टुरिजम बोर्डका कर्यकरि निर्देशक एच.ई सुल्तन अल मुतवा अल दायरी विशेष अतिथि रहेको थियो। भने नेपालको तर्फबाट नेपाल एयरलाइन्स कर्पोरेसनका  निर्देशक रबिन्द्र श्रेष्ठ, टुरिजम बोर्डका प्रबन्धक अर्चना केसि राना,नेपाल एयरलाइन्सका युएई म्यानेजर रमेश पौडेल,पाटाका सिइओ सुरेशसिह बुडाल लगाएत अन्य ट्राभल एन्ड टुरिजम र होटल ब्याबसायीहरुको सहभागी भएका थिए ।

यस सम्मेलनले नेपालमा पर्यटन क्षेत्रलाई फराकिलो टेवा पुग्ने उपस्थित नेपाली ब्याबसायीहरु बताउँछन् ।

सम्मेलन फ्रेबुअरी २१ देखि २३ तारिक शुक्रबारसम्म युएर्इको अाबुधावी स्थित अलएेनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस