विराटनगरका सात वटा कारखाना पूर्णक्षमतामा संचालन

आइतबार, ११ जेठ २०७७, १६ : १७
विराटनगरका सात वटा कारखाना पूर्णक्षमतामा संचालन

साङ्केतिक फोटो

विराटनगर । लकडाउनले सबै क्षेत्र आक्रान्त भैरहेको समयमा पूर्वान्चलका कारखाना फरक शैलीमा संचालन भैरहेको छ । दैनिक खाद्यपदार्थ उत्पादन गर्ने ७ वटा कारखानाका मजदुर घरैबाट आउजाउ गरेर उद्योग संचालन भैरहेको छ । 
बिराटनगरको दुहवी नगरपालिकामा संचालित चाउचाउ, बिस्कुट र पेयपदार्थ उत्पादन गर्ने कारखानामा १२ सयभन्दा बढी मजदुर कार्यरत छन । ति सबैमा हरेक दिन मजदुर घरबाटै आउजाउ गरेर उद्योग संचालित छन् । 

दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार मजदुरहरुको दैनिकी धान्न र बजारमा खाद्य उपभोग्य बस्तुका अभाव हुन नदिन र राजश्व गुम्न नदिन सबै कारखाना पुर्ण क्षमतामा संचालन गरिएको बताउनुहुन्छ । उहाँले चाउचाउ, बिस्कुट, पेयपदार्थ उत्पादन र राइस मिलहरु लकडाउनको अवधिमा कुनैदिन पनि बन्द नभएको जानकारी दिनु भयो । कारखाना बन्द गर्दा मजदुर परिवारको बिचल्ली हुन्छ भनेर हामी शुरुदेखि नै सचेत थियौ र कुनै दिन बन्द हुन दिएनौ गच्छदारले भन्नु भयो । सबै ति कारखानाले स्वास्थ्य प्रोटोकल पुरा गरेको छ र सम्बन्धित वडाले साप्ताहिक रुपमा अनुगमन गर्दै आएको छ । 

त्यहाको रमपम चाउचाउका उत्पादक एसियन थाई फुड्स प्रालि दैनिक ४५ हजार कार्टुन चाउचाउ उत्पादन गर्दै आएको छ । त्यहा दैनिक तीन सिफ्टमा ४ सय ५० मजदुर काम गर्दै आएका छन् । उनीहरु सबै घरबाटै आउजाउ गर्छन । त्यसैगरि एशियन बिस्कुट र बेभरेजले दैनिक ३ सय मजदुर राखेर काम गरिरहेको छ । क्वालिटि बिस्कुट, क्वालिटी थाइफुड्स, झापाको मनसा थाइफुड्सले पनि ४ सय ४५ मजदुर काममा लगाइरहेका छन् । 

दुहवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार न्यौपानेले सबै कारखानामा घरबाटै मजदुरहरु आउजाउ गरेर काम भैरहेको र कारखानाको सम्बन्धित वडा कार्यालयले अनुगमन गरिरहेकोले कुनै समस्या नरहेको जानकारी दिए । मजदुरहरु सावधानी पुर्वक घरैवाट आउजाउ गर्छन । कारखानाहरुले सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गरेका छन । कारखानामा भारतिय नागरिकलाई काममा नलगाइएको र ४, ५ किलोमिटर दुरी सम्मका मजदुर घरैबाट आउजाउ गरेको उहाले जानकारी दिनुभयो । 

लकडाउनले सबैभन्दा बढी बिपन्न मजदुरहरुको परिवार बिचल्ली हुने स्थिती देखिएका कारण आफुहरुको पहिलो प्राथामिकता खाद्य संग सम्बन्धित कारखाना संचालन गर्ने र दोश्रो फेजमा अन्य स्टिल लगायतका ठुला कारखाना संचालन गर्ने तैयारी भैरहेको उहाले जानकारी दिनु भयो । 

मेयर गच्छदारले आफनो नगरपालिका क्षेत्रभित्र बस्ने ११ हजारभन्दा बढी अन्य जिल्लाका मजदुरहरुलाई तेश्रो चरणको राहत बांडने र सबैको आरडिटि, पिसिआएर चेक गर्ने काम शुरु भएको जानकारी दिनु भयो । नगरपालिकाभित्रका बासिन्दालाई विभेद गर्न मिल्दैन, उहाले भन्नुभयो, सरकारले निर्देशन दिन्छ काम गर्दैन । आर्थिक सहयोग पनि गरेन । भ्याएसम्म आफनै आर्थिक श्रोतबाट ति सबै काम गर्ने तैयारीमा आफुहरुले काम अघि बढाएको उहाले जानकारी दिनु भयो । 

यो साता बिराटनगरका ठुला सबै कारखाना संचालन गर्ने तैयारीमा कारखाना रहेको र आफुहरुले नियमित सहयोग गरिरहेको मेयर गच्छदारले जानकारी दिनुभयो । त्यसो गर्दा राजश्व आउँछ, मजदुरको रोजिरोटिको समस्या रहदैन र बजारमा समाना अभाव पनि हुदैन । दुई महिनाको लकडाउनले सिकाएको पाठबाट आफूहरु कडाइका साथ स्वास्थ्य प्रोटोकलको मापदण्ड पुरा गरेर सबै कारखाना पुर्ववत अबस्थामा संचालन गर्ने तैयारीमा रहेको गच्छदारको भनाई छ । 

प्रतिक्रिया दिनुहोस