काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नयाँ कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको बैठकले महासचिव विप्लवको राजनीतिक प्रस्ताव सर्वसम्मत पास गर्दै नयाँ केन्द्र बनाउने निर्णय गरेको हो।
बैठकमा महासचिव ‘विप्लव’ले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए।
बैठकले आगामी निर्वाचन, पार्टी एकता, कम्युनिस्ट केन्द्र, सरकारप्रतिको धारणा, आगामी कार्यक्रमलगायत विभिन्न महत्त्वपूर्ण प्रस्तावमा निर्णय गरेको स्थायी समिति सदस्य अनिल शर्माले बताए।
नेकपाले नयाँ कम्युनिस्ट केन्द्र महासचिव विप्लवकै नेतृत्वमा बनाउन पहल गर्ने जनाएको छ। माओवादीसँगको एकता विषय पनि छलफलमा उठेको भन्दै छलफलको लागि सकारात्मक रहेको बताए।
बैठकका निर्णय आगामी कार्तिक २ गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरेको छ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले समाजवादी मोर्चामा आबद्ध एकीकृत समाजवादी, नेकपा र महेन्द्र यादव नेतृत्वको नेसपासँग तिहार लगत्तै एकता हुने दाबी गरेका छन्। तर नेकपाको बैठकमा नेताहरूले माओवादीसँग एकताको विषय उठेको भए पनि ठोस निर्णय नगरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा