काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नयाँ कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको बैठकले महासचिव विप्लवको राजनीतिक प्रस्ताव सर्वसम्मत पास गर्दै नयाँ केन्द्र बनाउने निर्णय गरेको हो।
बैठकमा महासचिव ‘विप्लव’ले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए।
बैठकले आगामी निर्वाचन, पार्टी एकता, कम्युनिस्ट केन्द्र, सरकारप्रतिको धारणा, आगामी कार्यक्रमलगायत विभिन्न महत्त्वपूर्ण प्रस्तावमा निर्णय गरेको स्थायी समिति सदस्य अनिल शर्माले बताए।
नेकपाले नयाँ कम्युनिस्ट केन्द्र महासचिव विप्लवकै नेतृत्वमा बनाउन पहल गर्ने जनाएको छ। माओवादीसँगको एकता विषय पनि छलफलमा उठेको भन्दै छलफलको लागि सकारात्मक रहेको बताए।
बैठकका निर्णय आगामी कार्तिक २ गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरेको छ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले समाजवादी मोर्चामा आबद्ध एकीकृत समाजवादी, नेकपा र महेन्द्र यादव नेतृत्वको नेसपासँग तिहार लगत्तै एकता हुने दाबी गरेका छन्। तर नेकपाको बैठकमा नेताहरूले माओवादीसँग एकताको विषय उठेको भए पनि ठोस निर्णय नगरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह