लकडाउन अवज्ञा गर्ने ६७१ सवारीसाधन कारवाहीमा

आइतबार, ११ जेठ २०७७, ११ : ४१
लकडाउन अवज्ञा गर्ने ६७१ सवारीसाधन कारवाहीमा

जुम्ला । जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।

गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । उहाँले भन्नुभयो, “९६ चारपाङ्ग्रे ठूला सवारी साधन र ५७५ दुईपाङ्ग्रे मोटरसाइकल गरी जम्मा ६७१ सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ ।”

निश्चित प्रयोजन र समयावधिका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । (रासस)
 

प्रतिक्रिया दिनुहोस