काठमाडौं । झापाको विर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो १ः०० बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
पक्राउपर्नेमा विर्तामोड–४ का २८ वर्षीयद्वय पवन चौधरी र महेश गुरुङ रहेका छन् । उनीहरुको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद गरिएको प्रमुख कोइरालाले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० जेठ २०७७, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ