काठमाडौं । झापाको विर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो १ः०० बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
पक्राउपर्नेमा विर्तामोड–४ का २८ वर्षीयद्वय पवन चौधरी र महेश गुरुङ रहेका छन् । उनीहरुको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद गरिएको प्रमुख कोइरालाले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० जेठ २०७७, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ