गलेश्वर । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ ।
गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नंको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो ।
बेनपा–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताउनुभयो । बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायब उपरीक्षक किरण कुँवरसहितको टोलीसमेत घटनास्थलमा पुगेका थिए । मृतक चालकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० जेठ २०७७, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला
काठमाडौंको स्वयम्भूमा एकै परिवारका तीन जनाको शव फेला
तनहुँ र गोरखामा २ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा चार जना मृत फेला