नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान

शुक्रबार, ०९ जेठ २०७७, १६ : ०३
नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान

दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान । उक्त स्थानमा बायाँबाट आएको तिङ्कर नदी र दायाँबाट आएको काली नदी मिसिएको हो । देखिएको तस्वीरको बायाँ भाग नेपाल हो भने दायाँ भाग भारत हो । भारतीय भूमिका देखिएको सडक गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जान लिपुभञ्याङ्सम्म भारतले हालै बनाएको सडकसँग जोडिन्छ । यसको १० किमीमाथि भारतले अतिक्रमण गरेको भूभाग गुञ्जी दोभान भेटिन्छ । तस्वीर : नारायण ढुङ्गाना/रासस

प्रतिक्रिया दिनुहोस