काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक जारी गरेको विज्ञप्ती अनुसार, थप ३० जना कोरोना संक्रमण नेपालमा थपिए । यो संख्या सँगै कोरोना संक्रमतिको संख्या नेपालमा ४ सय ८७ पुगेको छ ।
सर्लाहीमा १५ सहित, कपिलवस्तु, बर्दघाट सुस्ता पूर्वको नवलपरासी र चितवनमा थपिएका थिए संक्रमितहरु । स्वास्थ्य मन्त्रालयले ठेगाना देखाउने गरेका संक्रमित कतिपय अवस्थामा फेला नपरेको र टे«सिङ गर्न समस्या परिरेहको छ । परिक्षण गरेको स्थान र जिल्ला बीचको समन्वय नहुदा कतिपय संक्रमतिलाई फेला पार्न नै सकस परिरहेको छ । संक्रमित बस्ने एकातिर र ठेगाना अर्काेतिरका दिदा पनि समस्या उत्पन्न हुँदै आएको छ ।
स्वास्थ्य मन्त्रालयले यस विषयमा देखिने गरी कतिपय बेला जारी गरेको वक्तब्यमा उल्लेखित ठेगान नै नरहेको देखिएपछि जिल्ला तहमा भने अप्ठयारो परेको छ । शुक्रबार बिहान मन्त्रालयले जारी गरेको विज्ञप्तीले पनि त्यस्तै अप्ठयारो पारेको छ ।
सर्लाहीको गोडैता नगरपालिकामा ८, ९, ११, १३ र १४ वडाका गरी १५ जनामा मन्त्रालयले कोरोना संक्रमण रहेको पुष्टि गरेको छ । तर गोडैता नगरपालिकामा जम्मा १२ ओटा मात्र वडा छन् । १३ र १४ वडा उक्त नगरपालिकामा छदैछैन् । मन्त्रालयले १३ र १४ वडा भन्दै उल्लेख गरेर कोरोना संक्रमित देखाएपछि त्यहाँको जिल्ला प्रशासन कार्यालय नै अचम्मित बनेको छ ।
‘कहाँका संक्रमित हुन् ? थाहा छैन, स्वास्थ्य मन्त्रालयको विज्ञप्तीले नै अप्ठायारो पार्न थालेको छ, मन्त्रालयले राम्रोसँग भेरिफिकेसन गरेर विज्ञप्ती जारी गरिदिदा हामीलाई पनि सहज हुने थियो,’ जनप्रतिनिधीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०७७, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन