स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कमजोर कमाण्ड, मन्त्रालय अस्तव्यस्त

'स्वास्थ्य मन्त्रालयमा अचेल सरकारी निकायबीचको समन्वय अभाव र हेलचेक्रर्याइ मात्रै देखिन्छ, यो नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड हो '

सफल खबर संवाददाता

शुक्रबार, ०९ जेठ २०७७, १० : ०६
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कमजोर कमाण्ड,  मन्त्रालय अस्तव्यस्त

काठमाडौं । ५७ दिन अगाडी सरकारले लकडाउन घोषणा गर्दा नेपालमा एक जना फ्रान्सवाट फर्केकी युवतीमा मात्र कोभिड १९ को संक्रमण देखिएको थियो । सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका लागि अवलम्वन गर्ने जुनसुकै योजनालाई पनि जनताले साथ र सहयोग गरेकै हुन् ।

तर जब स्वास्थ्यकर्मीका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री खरिद देखि स्वाथ्यकर्मीको आत्मविश्वास र मनोवल बढाउने चरणमा मुलुक प्रवेश ग¥यो, त्यसपछि नै स्वास्थ्यमन्त्री मुलुकमा छन् या छैनन् भन्ने जनताले नै अनुभूति गर्न पाएका छैनन् । मन्त्रालयको बागडोर सम्हाल्न त विद्यार्थी राजनीतिवाट उदाएका मोरङका नेता भानुभक्त ढकालले सम्हालेका छन् । तर उनको उनको कमाण्ड अहिले स्वास्थ्य मन्त्रालयमा पुरै कमजोर देखिएको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

मन्त्री स्यवंको अनुहार नियाल्दा पनि उनको मुहारमा झल्किन्छ, आत्मविश्वास, जागर केही देखिन्नन् । आगामी दिनमा कोरोनाको संक्रमण महामारीका रुपमा आईलागे के गर्ने ? न उनीसँग कुनै योजना देखिन्छ, न उनको कमाण्ड नै स्वास्थ्य मन्त्रालयका कर्मचारी देखि मातहातका कर्मचारीले टेरेर अगाडी बढने संकेत । उनी एकप्रकारले पराजित कमाण्डर जस्तै देखिन थालेका छन् । स्वास्थ्य मन्त्रालयका एक अधिकृतले सफलखबरसँग भने, –‘उहाँ कोरोनासँग कसरी ट्याकल गर्ने, देशभर स्वास्थ्यकर्मीहरुको परिचालन कसरी गर्ने भन्ने कुनै योजना ल्याउन सक्ने अवस्थामा छैनन, ल्याई हाले पनि उनले मन्त्रालयकै कर्मचारी परिचालन गर्न सक्ने ल्याकत समेत राख्न सक्ने अवस्थामा छैनन् ।’ 

पछिल्लो एक सातामा तिव्र गतिमा फैलिएको संक्रमण रोक्ने तिर उनको ध्यान पुग्न सकेको छैन । थपिएका संक्रमितसँगको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ र परिक्षणमा समेत उनको टिम असफल देखिएको छ । काठमाडौंकै कलंकीका एक संक्रमतिकै उदाहरण नै हेरौं । काठमाडौं कलंकीमा डेरा गरी बस्ने एक शिक्षकको परिवारमा कोरोना संक्रमण देखियो । वैशाख ३१ गते बाहिर जिल्लाबाट सरकारी पासका आधारमा काठमाडौं भित्रिएका ति शिक्षकका परिवार चुपचाप काठमाडौं आई आफ्नै डेरामा बसे । कलंकीका घरबेटीले आएको दुई दिनपछि उनको परिवारलाई कोरोना परिक्षण गराउन सल्लाह दिए ।

कोरोना परिक्षण गर्न ति शिक्षक र उनकी पत्नी टेकु अस्पताल पुगे । श्रीमतीमा पिसिआर परिक्षणबाट कोरोनाको संक्रमण देखियो । तर उनीहरु बसेको घरमा एउटै धारा प्रयोग गरेका, एउटै बाथरुम प्रयोग गरेकाहरुको टे«सिङमा यो खबर तयार पार्दासम्म स्वास्थ्य मन्त्रालय पुग्न सकेको छैन् । घरबेटीले स्वास्थ्य मन्त्रालयमै फोन गरेर समेत आफनो घरमा कोरोना संक्रमति देखिएको र आफुहरुको टेसिङका लागि पटक–पटक आग्रह गरिसके, तर पनि त्यहाँ स्वास्थ्यकर्मीको टोली पूग्न सकेको छैन् । यो त एउटा सामान्य उदाहरण मात्र हो । काठमाडौंको मुख्य शहरमा त यो अवस्था छ भने गाँउका दूरदराजमा स्वास्थ्य मन्त्रालयको कमाण्ड कस्तो होला ? सहज अनुमान लगाउन सकिन्छ । ओम्नीसँग औषधी खरिद प्रकरणको कमिसनमा समेत जोडिन पुगे स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ।

संकटका बेला रोगलाई ब्यापार बनाएको आरोप उनीमाथी लाग्यो । उनले अझै यस विषयमा चित्त बुझ्दो जवाफ जनतालाई दिन सकेका छैनन् । कोरोना रोकथाम र नियन्त्रणका लागि हत्केलामा ज्यानको बाजी थापेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने विषयमा पनि स्वास्थ्यको कमाण्ड सम्हालेको कमाण्डरको कुनै भूमिका देखिएको छैन् । सरकारी निकायबीचको समन्वय अभाव र हेलचेक्रर्याइ बाहेक उनको नेतृत्वको मन्त्रालयमा अहिले केही देखिन्न । नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको छ ।

मन्त्रालयको नेतृत्वमा प्रश्न उठेको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ भूकम्प गएको आधा घन्टामै सक्रिय भएको थियो । त्यतिबेला उक्त इकाइले गरेको कामको प्रशंसा जापान, चीनलगायतको टोलीले पनि गरेको थियो । तर अहिले त्यही इकाइ सुस्त मात्रै छैन, प्रभावहीन देखिएको छ । स्वास्थ्य खरिद प्रकरणमा अनियमितताको जंजीरभित्र फसेको स्वास्थ्य मन्त्रालय अहिले फेरि नीजि अस्पताललाई कोरोना परिक्षण पैसा लिएर गर्न दिने विवादास्पद निर्णयमा पुगेको छ । 

कोरोना उपचारमा गेटमा ताला थुनेर भागेका नीजि अस्पताललाई खरिद मूल्य भन्दा २० प्रतिशतसम्म नबढ्ने गरी शुल्क लिएर आरडिटि परिक्षण गर्न दिने विवादास्पद निर्णय गरेको छ । यो निर्णय पनि विवादमा आएपछि अहिले स्वास्थ्य मन्त्री र उनको टिम त्यसको बचाउमा पूरै ज्यान फालेर लागेको छ । जताततै कमिसनको मात्र खोजी गरेको आरोप अहिले मन्त्री माथी लाग्न थालेको छ । नीजि अस्पताललाई कोरोना परिक्षण शुल्क लिएर गर्न दिने स्वास्थ्यमन्त्रीको निर्णय यसैसँग जोडिएको आरोप लागेको छ ।

अहिले स्वास्थ्य मन्त्रालयमा कतिसम्मको अवस्था छ भने स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयबीचको समन्वय पनि कमजोर र विवादास्पद छ । जस्तो, प्रदेशसँग समन्वयका लागि ३–४ जनाको दरले विभागका कर्मचारी हरेक प्रदेश पठाउने गरिएको छ । तर विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई जानकारी समेत हुँदैन । मन्त्रालयले सीधै ती कर्मचारी परिचालन गर्छ । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख गुणराज लोहनी र विभागका महानिर्देशक श्रेष्ठबीच जुँगाको लडाइले विभाग र मन्त्रालयबीचमै समन्वयमा समस्या देखिएको छ ।

औषधी खरिद प्रकरणमा ओम्नीसँग जोडिएका श्रेष्ठझै यही बीचमा पनि इकाइ प्रमुख लोहनीले काम नगर्ने चिकित्सकलाई कारबाही गर्ने मात्र भनेनन्, डा शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेर मन्त्रालय तान्न पनि खोजे । यसले गर्दा मन्त्रालय विवादित भयो । मन्त्री ढकाल अहिले विज्ञ सल्लाहकार भनिएका खेम कार्कीहरुको योजनामा मात्र चलेको आरोप मन्त्रालयभित्र छ ।
 

प्रतिक्रिया दिनुहोस