चितवनमा थप २ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ०९ जेठ २०७७, ०९ : ३२
चितवनमा थप २ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

चितवन ।  चितवनमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भरतपुरमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरु संक्रमित भएको खुलेको हो । 

श्रोतका अनुसार भरतपुर महानगरपालिका–६, गीतानगर  निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु श्रीमान् र श्रीमती हुन् ।

उनीहरु दुई साता अघि भारतबाट आएको र क्यान्सर रोगको उपचार गर्नका लागि भारतको दिल्ली स्थित राजिव गान्धी मेमोरियल क्यान्सर अस्पतालबाट फर्केका हुन ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज दुई जना चितवनका सहित थप ३० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ । 


 

प्रतिक्रिया दिनुहोस