प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा भारतीय मिडियाको चासो

पत्रपत्रिकाबाट

विहीबार, ०८ जेठ २०७७, ०७ : ३४
प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा भारतीय मिडियाको चासो

नयाँदिल्ली । भारतीय सञ्चारमाध्यमले नेपालले नक्सामा लिम्पियाधुरालाई समावेश गरेको विषयलाई भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद्मा दिएको मन्तव्यप्रति बढी चासो राखेका छन् । अधिकांश प्रमुख दैनिक पत्रिका, टीभी र अनलाइनले समाचार सामग्रीमा प्रम ओलीले भारतप्रति लक्ष्य गर्दै दिएका ‘सत्यमेव जयते कि सिंह मेव जयते ?’ र ‘भारतबाट भित्रिएका कोरोना भाइरस कडा’ जस्ता अभिव्यक्तिलाई बढी महत्त्व दिएका छन् ।

सीमा विवादलाई लिएर नेपालमा भारतको विरोध चीनको उक्साहटमा भएको उनीहरूको दाबी छ । पछिल्ला घटनाक्रमले नेपाल र भारतबीचको सम्बन्ध तनावउन्मुख रहेको निष्कर्षसमेत उनीहरूले निकालेका छन् ।

भारतीय अंग्रेजी दैनिक दि इन्डियन एक्सप्रेसले ओलीलाई उद्धृत गर्दै कूटनीतिक वार्ताबाट समस्या समाधान गर्न नेपालले अथक प्रयास गर्ने लेखेको छ । ओलीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपालमा कसैको इसारामा भारतको विरोध भइरहेको भन्ने अभिव्यक्तिको कडा शब्दमा जवाफ दिएको समेत उक्त पत्रिकाले लेखेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस