काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गर्नुका साथै आफूले भारतलाई उक्त प्रश्न गर्ने जानकारी गराए ।
उनले मन्त्रिपरिषद्बाट सोमबार पारित भएको नयाँ नक्साले पाठ्यपुस्तकदेखि लिएर धेरै कुरामा परिवर्तन ल्याउने जिकिर गरे । मानचित्रमा एक खालको परिवर्तन ल्याएको र अरु धेरै कुरामा विस्तारै परिवर्तन आउँदै जाने उनको भनाइ छ । तर यो प्रक्रिया एकदम सजिलो भने नहुने उनले बताए ।
उनले भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ ।’
उनले ‘सत्मेव जयते’ भारतको चिन्हमुनी लेखिएको भए पनि विश्वासचाहिँँ आफूले गर्ने प्रष्ट पारे । उनले भने, ‘म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ?
उनले आफूहरु सत्यमेव जयतेमा विश्वास गर्ने भएकाले नेपालका अतिक्रमित भूमि फिर्ता लिन सक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०७७, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाममा काँग्रेस लक्षित ओलीको प्रश्न-एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ?
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भए : केपी ओली
अनुमति बिना विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन
म काँग्रेसमा नयाँ मुना पलाओस् भन्छु, तर मति बिगारिरहन्छ : केपी ओली
केपी ओली आज ओलाङचुङ्गोला जाँदै