माल्दिभ्‍समा अलपत्र नेपाली भन्छन् : सरकारको आस गर्दागर्दा थाकियो

पत्रपत्रिकाबाट

मंगलबार, ०६ जेठ २०७७, ०६ : ३९
माल्दिभ्‍समा अलपत्र नेपाली भन्छन् : सरकारको आस गर्दागर्दा थाकियो

नयाँदिल्ली । नेपाल सरकारले समयमै उद्धारका लागि चासो नदेखाउँदा माल्दिभ्समा रहेका नेपालीहरू स्वदेश फर्कन नपाएर छटपटाइरहेका छन् । त्यसमाथि विगत केही दिनयता माल्दिभ्समा बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले उनीहरूलाई थप त्रसित बनाएको छ । माल्दिभ्समा हालसम्म एक हजार नब्बे जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ जना नेपाली छन् ।

माल्दिभ्समा कोरोना भाइरसको पहिलो संक्रमण ७ मार्चमा पुष्टि भएको थियो । त्यसपछि क्रमश: अन्तर्राष्ट्रिय उडानदेखि लकडाउनसम्म लागू गरिएको छ । अन्य मुलुकका नागरिकहरूजस्तै माल्दिभ्स आउने नेपालीमध्ये अधिकांश पर्यटन क्षेत्रमा काम गर्ने गरेका छन् । तर, कोभिड–१९ को महामारीका कारण माल्दिभ्सको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्र नै धराशायी बन्न पुगेको छ ।

युरोपेली, चिनियाँ, अस्ट्रेलियनदेखि भारतीय पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चिनिन्छ माल्दिभ्स । त्यहाँ रहेका अधिकांश होटल, रिसोर्टहरूमा पनि विदेशी लगानी नै छ । महामारीका कारण माल्दिभ्सको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र अहिले ठप्प छ । होटल, रेस्टुराँ तीन महिनादेखि बन्द छन् । जबकि माल्दिभ्सले यो वर्षमात्र वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । त्यो लक्ष्यमा ठूलो धक्का लागेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस