नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा आइतबार एकै दिनमा १५७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३६ हजार २९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५९ हजार ३४५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३३ हजार ५३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार १९८ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ३७९ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातपछि तमिलनाडूमा ११ हजार २२४ संक्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या १० हजार ५४ पुगेको छ । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ जेठ २०७७, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी