थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, ०९ : ०१
थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं । नेपालमा थप ९ जनामा सोमबार (आज) कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएको ९ जनाको संख्या पुष्टि गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनसंख्या प्रयोगशाला टेकुमा गरिएको परिक्षण अनुसार आज  संक्रमित हुने हरुमा ८ जना पुरुष र १ महिला रहेका छन् । संक्रमित हुनेहरुमा रौतहट इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१,२१,२३,२५,२५,२९, ३० वर्षिय पुरुष,त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका वडा नम्बर ३ का एक २८ वर्षिया महिला र बारा करैयामाई–५ निवासी ३८ वर्षिय पुरुष रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेका छन् । नेपालमा अहिले सम्म कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भईसकेको छ भने ३६ जना निको भएर घर फर्केका छन् । 

प्रतिक्रिया दिनुहोस