अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुगे दिवेश पोखरेल

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, ०७ : २१
अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुगे दिवेश पोखरेल

काठमाडौँ । नेपालका  दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुगेका  छन् । उत्कृष्ट ५ मा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको छ ।

 दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटिङ रियल टाइम भोटिङ हो जुन सुरु भइसकेको छ ।

फाइनलमा हरेक प्रतियोगीले दुई–दुई वटा गीत गाउँछन् । दुई घण्टाका बीच धेरै भोट पाउने प्रतियोगी अमेरिकन आइडलको १८ औं संस्करणको विजेता घोषणा हुनेछन् । कोभिड–१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको छ ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट  गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ ।   दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस