स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०७७, १३ : ५०
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।