एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनको पूनः गम्भीर आलोचना गरेका छन् । ओेबामाले सार्वजनिक रुपमा कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा ट्रम्प नेतृत्वको वर्तमान प्रशासनले गम्भीर त्रुटी गरेको भन्दै आलोचना गरेका हुन् । एक हप्ताको अवधिमा उनले ट्रम्प प्रशासनमाथि दोस्रो पटक आक्रमण गरेका हुन् ।
शनिबार पूर्व राष्ट्रपति ओबामाले यो वर्ष कलेजबाट दीक्षित भएकाहरुको भर्च्यूअल दीक्षान्त समारोह सम्बोधनमा ओबामाले ट्रम्प प्रशासनको आलोचना गर्दै दीक्षित भएका विद्यार्थीलाई सम्बोधनमा सत्ताको बागडोर सम्हालेका व्यक्तिले सधैँ आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने बताएका हुन् ।
ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नलिइ कोरोना भाइरस महामारी नियन्त्रणका लागि हालको प्रशासनले गरेको कामको आलोचना गरेका हुन् । एक हप्ताअघि आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेकाहरुसँगको निजी छलफलको क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका थिए । ट्रम्प प्रशासनले कोभिड–१९ नियन्त्रणमा लिनका लागि गरेको प्रयास अपर्याप्त भएको ओबामाले उल्लेख गरेका छन् ।
ओबामाले भनेका छन्, ‘यो महामारीले सत्तामा रहेका धेरै व्यक्तिहरुको वास्तविकताबाट पर्दा उठाएको छ । सत्ता रहेका धेरै व्यक्तिले त बागडोर आफ्नो हातमा छ जस्तो पनि गरेका छैनन् ।’ उनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै भने, ‘यदी यो विश्व राम्रो हुन्छ भने त्यो तपाईँहरुको हातमा छ ।’
यसअघि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केयली म्याकनानीले वक्तव्य जारी गरेर राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीमा गरेको असाधारण कामले धेरै अमेरिकीको ज्यान जोगाएको दाबी गरेकी थिइन् । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने बताइसकेका ओबामा पछिल्लो समय खुलेर आउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०४ जेठ २०७७, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?
इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?