बालुवाटारमा नेकपा सचिवालयको बैठक शुरु

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०७७, ०९ : ०२
बालुवाटारमा नेकपा सचिवालयको बैठक शुरु

file photo

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । सरकारको नीति तथा कार्यक्रम संसदमा आज प्रस्तुत हुने र त्यस अगाडी यस विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक शुरु भएको नेताहरुले बताएका छन् ।

बैठक केही समय अघि मात्रै बालुवाटारमा शुरु भएको हो । बैठकका लागि नेताहरु बालुवाटार पुगिसकेका छन् । सरकारले आज दिउसो आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दैछ  । प्रधानमन्त्री ओलीले सरकारको कामका विषयमा पार्टीभित्र छलफल नगरेको भनी चर्काे आलोचना भईरहेका बेला आलोचनाबाट मुक्त हुनका लागि अहिले सचिवालय बैठक बस्न खोजेको हो ।

स्थायी समिति बैठक बोलाउन नेकपाका २० जना नेताहरुले माग गरेपनि दुई दुई पटक बैठकको मिति तोकर स्थगित हुदै आएको छ । सरकारको नीति तथा कार्यक्रम, बजेट, सीमा समस्या, कोरोना रोकथाम र नियन्त्रण र सरकार तथा पार्टी कामको समिक्षा गर्न ति नेताहरुले बैठक माग गर्दै आएका थिए ।

तर प्रधानमन्त्री ओलीले अनेक बाहानावाजी गर्दै बैठक सार्दै आएका थिए । सचिवालयमा समेत छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री ओली थप अप्ठयारोमा पर्ने देखिएपछि उनले सचिवालयमा मात्र यसमा सामान्य छलफल गराउन खोजेका हुन् । त्यही विषयमा छलफलका लागि सचिवालय बैठक बोलाईएको बालुवाटार स्रोतले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस