अमेरिका । अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बेरोजगार भत्ताको दावी गर्नेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारले केही राज्यहरुमा व्यापारिक तथा व्यवसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिले लाखौँ मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले बिहीबार जनाएको छ ।
यति धेरै मानिस एकैचोटी रोजगारविहिन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकै पटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरुले जनाएका छन् । बेरोजगार भत्ताका लागि फाराम भरेका मध्ये केही राज्यका कतिपयले भने अहिले पनि त्यो राहत प्राप्त गर्न निकै कठिनाई भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ जेठ २०७७, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स