काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ ।
मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उहाँले बताउनुभयो ।
दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता झाओले अमेरिकी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनैपनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन ।”
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ जेठ २०७७, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल