शिक्षण अस्पतालमा भर्ना भएकी  कपिलवस्तुकी ६ वर्षिया बालिकामा कोरोना पोजिटिभ

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०७७, ११ : ४०
शिक्षण अस्पतालमा भर्ना भएकी  कपिलवस्तुकी ६ वर्षिया बालिकामा कोरोना पोजिटिभ

काठमाडौं । एक हप्ता अगाडी कपिवलस्तुबाट उपचार गर्न काठमाडौं आएकी ६ वर्षिया बालिकामा कोरोना संक्रमण देखिएको छ ।

बालिकाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । बालिकाको अस्पतालको न्यूरो सर्जरी वार्डमा स्वासनलीमा मासु पलाएको  कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको अस्पताल श्रोतको भनाई छ ।

बालिकामा कोरोना पोजिटिभ देखिको सार्वजनिक भए लगत्तै अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।


 

प्रतिक्रिया दिनुहोस