काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतमा रोजगारीका लागि पुगेका नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छोडने प्रवृत्तिको विरोध गरेका छन् ।
कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै उनले एकाबिहानै सामाजिक सन्जाल मार्फत रोष प्रकट गरेका हुन् । उनले भारतको यो शैली ‘डब्ल्यूएचओ’ को मापदण्ड बिपरीत भएको पनि बताएका छन् ।
‘बिनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड बिपरीत छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’ पोखरेलले फेसबुकमा लेखेका छन् ।
नेपाल भारत बीच आ–आफ्ना देशमा रहेका दुवै देशका नागरिकलाई सुरक्षित राख्न पहल गर्ने समझदारीको पनि भारतले अहिले उल्लंघन गरिरहेको आरोप लागिरहेको छ ।
भारतले अलपत्र मजदुरहरुलाई उनीहरुको घर पठाउने नाममा बिभिन्न शहरहरुबाट मानिसहरु ओसारिरहेको छ । धेरै नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको छ । यसैप्रति पोखरेलले रोष ब्यक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव