काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतमा रोजगारीका लागि पुगेका नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छोडने प्रवृत्तिको विरोध गरेका छन् ।
कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै उनले एकाबिहानै सामाजिक सन्जाल मार्फत रोष प्रकट गरेका हुन् । उनले भारतको यो शैली ‘डब्ल्यूएचओ’ को मापदण्ड बिपरीत भएको पनि बताएका छन् ।
‘बिनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड बिपरीत छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’ पोखरेलले फेसबुकमा लेखेका छन् ।
नेपाल भारत बीच आ–आफ्ना देशमा रहेका दुवै देशका नागरिकलाई सुरक्षित राख्न पहल गर्ने समझदारीको पनि भारतले अहिले उल्लंघन गरिरहेको आरोप लागिरहेको छ ।
भारतले अलपत्र मजदुरहरुलाई उनीहरुको घर पठाउने नाममा बिभिन्न शहरहरुबाट मानिसहरु ओसारिरहेको छ । धेरै नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको छ । यसैप्रति पोखरेलले रोष ब्यक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की