काठमाडौं । कोरोनाको संक्रमण बढ्न नदिन नेपाल पनि अन्य देश जस्तै विगत ५० दिन यता लकडाउनमा छ । हाम्रो मुलुकमा पहिलो संक्रमण माघ महिनामा देखियो । त्यसपछि बैशाखको तेश्रो साता सम्म यसको सक्रमणदर निकै कम रह्यो ।
तर विगत ३ दिन यता नेपालमा यसको संक्रमण ह्वात्तै बढेर कुल संक्रमितको संख्या २५० नाघेको छ । संक्रमित मध्ये ३५ जना निको भएर घर फर्किएका छन त्यस मध्ये ३ जनामा पुनः संक्रमण देखिएको छ । उनीहरुको पनि हाल उपचार भईरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
हाल सम्म कोरोना संक्रमण २१ जिल्लामा फैलिसकेको छ । कोरोनाकै कारण यो समाचार तयार पार्दा सम्म एकजनाको पनि निधन नभएको सुखद खबर छ ।
कुन जिल्लामा कति जना संक्रमित ?
जिल्ला संक्रमित निको
पर्सा ८२ ०३
रुपन्देही ३९ ०१
उदयपुर ३२ १४
कपिलवस्तु ३१ ०
बाँके २५ ०
काठमाडौं ७ ५
बारा ३ ०
धनुषा ३ ०
रौतहट ३ १
बाग्लुङ २ २
चितवन २ २
झापा २ १
महोत्तरी २ ०
भक्तपुर २ ०
बर्दिया १ ०
भोजपुर १ १
कञ्चनपुर १ १
नवलपरासी १ ०
सप्तरी १ ०
सर्लाही १ ०
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप ६ जनामा कोरोना संक्रमण
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण