कोरोना संक्रमणबाट अमेरिकामा फेरी पछिल्लो २४ घंटामा करिब २ हजारजनाको मृत्यु, संक्रमणको दर पनि ह्वात्तै बढ्दो

एजेन्सी

बुधबार, ३१ बैशाख २०७७, ०९ : २६
कोरोना संक्रमणबाट अमेरिकामा फेरी पछिल्लो २४ घंटामा करिब २ हजारजनाको मृत्यु, संक्रमणको दर पनि ह्वात्तै बढ्दो

एजेन्सी । केही दिन यता अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या केही घटेपनि हिजो (मंगलबार) एकै दिन करिब दुई हजारजनाको मृत्यु भएको छ । 

जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९४ जनाको ज्यान गएको  छ । आइतबार र सोमबार ज्यान गुमाउनेको संख्या एक हजार आसपास थियो । मृत्यु र संक्रमणको दर केही घटना साथ लकडाउन खुकुलो पारिएसंगै पछिल्लो २४ घंटामा सो मृत्यु भएको हो

हालसम्म कोभिड–१९ बाट अमेरिकामा ८२ हजार ३ सय ५६ जना भन्दा बढीको ज्यान गएको छ । संक्रमितको संख्या  १३ लाख ६९ हजार भन्दा बढी रहेको छ । विश्वमा हालसम्म संक्रमितको संख्या ४२ लाख ६१ हजार भन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ९ सय भन्दा पुगेको छ ।

विश्वमै संक्रमितको संख्या सबै भन्दा बढी अमेरिकामा र त्यसपछि रुसमा देखिएको छ । रुसमा हालसम्म २ हजार १ सय जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस