घटेन सबै ऋणीको ब्याज

पत्रपत्रिकाबाट

बुधबार, ३१ बैशाख २०७७, ०७ : ४८
घटेन सबै ऋणीको ब्याज

काठमाडौं । जेठ १ देखि ऋणको ब्याज (नयाँ–पुराना सबै) घटाउने बैंकहरूको घोषणा कार्यान्वयन नहुने भएको छ । लकडाउनका कारण नोक्सान बेहोरेका ऋणीलाई २ प्रतिशत बिन्दुले ब्याज कम गर्न राष्ट्र बैंकले निर्देशन दिएकाले जेठदेखि ब्याज घटाउने यसअघिको घोषणा कार्यान्वयन नहुने बैंकर्स संघले बताएको छ ।

बैंकहरूको यो निर्णयसँगै सबै ऋणी (नयाँ–पुराना) ले कम ब्याजको सुविधा नपाउने भएका छन् । बेस रेटमा आएको फेरबदलअनुसार ऋणको ब्याज समायोजन हुँदा सबै ऋणीको ब्याज घट्थ्यो । राष्ट्र बैंकको निर्देशनअनुसार ब्याज घटाउँदा भने तोकिएका पीडित ऋणीले मात्र ब्याजदर छुट पाउँछन् । समग्रमा सबै ऋणीको ब्याज घट्दैन ।कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस