डेनमार्कमा लकडाउन खुल्यो

सोमबार, २९ बैशाख २०७७, १६ : ४३
डेनमार्कमा लकडाउन खुल्यो

डेनमार्क । विगत केही महिनादेखि लकडाउनमा रहेको डेनमार्कमा रहेका सपिङ मलहरु सोमबारबाट सन्चालनमा आएका छन  । मार्च १२ तारिखदेखि बन्द भएका प्राथमीक १ देखि ५ कक्षासम्मका स्कुलहरु अप्रिल १५ बाट नै सन्चालनमा आएका थिए ।

युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । गत  लकडाउन सुचारु  गर्नमा सबै भन्दा ठुलो योगदान यहाका नागरिकको असल व्यवहारले गर्दा नै हो । नागरिकले लकडाउनको पुर्ण पालना गरेका कारण नै लकडाउनको दोस्रो चरण सुचारु गर्न सम्भव भएको हो । यहि मे १८  देखि सम्पुर्ण विध्यालय, क्याफे र रेष्टुरेन्ट पनि सन्चालनमा आउने  छन भने सबै म्युजियम, सार्वजनिक स्थल र पार्क सबै जुन ८ सम्ममा सन्चालनमा आउने  डेनमार्क सरकारले  जनाएको छ । 

डेनमार्कमा आज सोमबार ८४ कोराना संक्रमितको संख्या थप भएको छ । संक्रमितको संख्या १०५१३ छन भने  ८२१७ निको भएर घर गएका छन, १९६ जना अस्पतालमा छन र ५२९ जनाको मृत्यु भएको छ ।  उच्चतम जोखीममा ४० जना मात्रा  कोराना सक्रमीत अस्पतालमा रहेका एक दैनिक पत्रिकामा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस