मकैबारीमा एक पुरुषको शव फेला

रासस

सोमबार, २९ बैशाख २०७७, १६ : ०८
मकैबारीमा एक पुरुषको शव फेला

जलेश्वर । कोरोना भाइरसको जोखिम हुन नदिन जारी  ‘लकडाउन’ मा  महोत्तरीको गौशाला नगरपालिका– ४ स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको छ ।

गौशाला नगरपालिका– ४ बस्ने अन्दाजी ४४ वर्षीय दिलीप ठाकुरको शव गौशाला बजारदेखि बिर्ता जाने बाटामा रहेको गुठीको जग्गाभन्दा दक्षिण मकैबारीमा  फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो ।  

प्रहरीले  शव परीक्षण गर्न जिल्ला अस्पताल जलेश्वरमा पठाएको  जनाएको छ । (रासस)