काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही क्षेत्रमा आइतबार आंशिकदेखि सामान्य बदली हुने र केही क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
पश्चिममा बदली भई हावाहुरी, मेभ गर्जन र चट्याङ्गसहित केही स्थानमा वर्षा भईरहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव रहेकाले विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने देखिएको हो । यस्तै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव पनि रहेको मौसमविदले बताएका छन् ।
आइतबार दिउँसो पश्चिमी क्षेत्र लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहनेछ जनाइएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ । पश्चिमका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थामा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविदले बताएका छन् । पश्चिमी भू–भागका थोरै स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी दुई प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना