भारतको महाराष्ट्रमा रेलले किच्दा १६ मजदुरको मृत्यु

शुक्रबार, २६ बैशाख २०७७, ०९ : ५८
भारतको महाराष्ट्रमा रेलले किच्दा १६ मजदुरको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १६ जना मजदुरको मृत्यु भएको छ । घटनास्थलमै १६ जनाको मृत्यु भएको छ । अन्य गम्भीर घाइतेहरुलाई उपचारका लागि स्थानिय  अस्पताल भर्ना गरिएको छ ।

उनीहरु सबै रेलको लिक नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा पाँचबजेतिर भएको बिबिसी हिन्दीले जनाएको छ ।

सबै मजदुर औरंगाबादको एक स्टील फैक्ट्रीमा काम गर्थे । उनीहरु भुसावलतर्फ गइरहेको र ट्रेन आउने प्रतिक्षा पनि उनीहरुले गर्दै त्यहां बसेको बताईएको छ । दुर्घटना औरगंबादका कर्माड स्टेशन नजिकै भएको हो । दुर्घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।