उपत्यका भित्रिँदै छन् दिनका साढे ५ हजार

पत्रपत्रिकाबाट

शुक्रबार, २६ बैशाख २०७७, ०७ : ३७
उपत्यका भित्रिँदै छन् दिनका साढे ५ हजार

फाईल फोटो

काठमाडौं । लकडाउनकै समयमा राजधानी छाड्ने र भित्रिनेहरुको संख्या बढ्दै जान थालेको छ ।  गृह मन्त्रालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार औषत दैनिक ५७ सय जना विभिन्न नाका हुँदै उपत्यका छिर्ने गरेका छन् । 

प्रहरीको उपस्थिति नरहेको वा कमजोर उपस्थिति रहेका साना नाकाबाट उपत्यका छिर्नेहरुको संख्या एकिन नभए पनि यो तथ्यांकले उपत्यका लकडाउनको पालना न्यून भइरहेको देखाउँछ ।  वैशाख ११–२४ गतेसम्म मात्रै ३० हजार ९० सवारी उपत्यका भित्रिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस