जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत

विहीबार, २५ बैशाख २०७७, १४ : ३१
जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ । वैशाख २८ गतेबाटै प्रि बजेट छलफल हुनेछ । 

जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा आउने र नियमित प्रक्रियामै जाने तय भएको छ । नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भएपनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण प्रि बजेटबारे छलफल वैशाख २८ गतेबाट हुन लागेको हो ।