काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै हिटलरसँग तुलना गरेका छन् । युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा दुई तिहाइमा पुर्याएपछि अहंकार बढेपछि कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको बताए ।
उनले भने, ‘हामी दुई तिहाइको अवस्थमा पुगेका थियौं, त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्न सक्नुपर्थ्यो । त्यो हुन सकेन । समयको सदूपयोग हुन सकेन । नेताहरुको दिमागमा घमण्ड सवार भयो । मैमत्त शक्तिको कारणले अहंकार पैदा भयो । त्यो अहिले कम्युनिष्ट पार्टीमा पनि देखिएको छ । ३० को दशकमा त्यस्तै व्यक्ति जर्मनीमा जन्म भएका थिए त्यसको नाम हिटलर हो । त्यसैले सत्ता शक्तिमा पुगेपछि मात्तिनु हुँदैन । गएको निर्वाचनमा त्यसको क्षति कम्युनष्टि आन्दोलनमा क्षति पुग्यो ।’
उनले अहिले आफूहरु दक्षिणपन्थी अवसरवादको विरुद्धमा रहेको बताए । फेरि पनि कम्युनिष्ट पार्टीहरुको विश्वास बढाउन लाग्नुपर्नेमा जोड दिए । उनले गएको निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै सिद्धात र दर्शन नभएको पार्टीहरु उदाएपनि कतिदिन टिक्छ भन्ने टुंगो नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल